पशुपति विकास कोष सञ्चालक परिषदको बैठक बस्दै, धर्मशाला विवादबारे छलफल हुने « Khabarhub

पशुपति विकास कोष सञ्चालक परिषदको बैठक बस्दै, धर्मशाला विवादबारे छलफल हुने


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आज बस्दै छ। गौशाला धर्मशाला विवादको विषयमा छलफल गर्न परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बैठक आह्वान गरेका हुन् । बैठक बिहान ९ बजे मन्त्रालयको सभाकक्षमा बस्नेछ ।

गौशाला धर्मशालाका विषयमा मारवाडी सेवा समिति र काठमाडौं महानगरपालिकाबीच द्वन्द्व बढ्दै गएपछि विवाद अन्त्य गर्ने प्रयासस्वरूप बैठक बोलाइएको हो ।

काठमाडौं जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच २०६० सालमा भएको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि कोषले महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । तर  मारवाडी सेवा समितिले विरोध जनाउँदै आएको छ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो ।

कोष सञ्चालक परिषद्ले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा अदालतले दाबी नपुग्ने फैसला गरेको थियो।

यसैबीच, धर्मशाला विवादसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले धर्मशाला हाललाई समितिले नै सञ्चालन गर्नेगरी अल्पकालीन आदेश जारी गरेको छ । अदालतले दुवै पक्षलाई कात्तिक ५ गते छलफलमा बोलाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४१ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार