इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इजरायल – उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राति भएको आक्रमणमा धेरै जना घाइते भएका छन् भने कोही घरमा अड्किएका छन्। इजरायलले धेरै जना मारिएको बताए पनि हमासले भने फरक दाबी गरेको छ।

इजरायली सेनाले इन्डोनेसियन अस्पतालमा बन्दुक प्रहार गरेको एक घण्टापछि सो आक्रमण भएको हो। प्यालेस्टाइनी समाचार संस्था वाफाका अनुसार यसरी भएको आक्रमणमा धेरै घरहरू समेत नास भएका छन्।

इजरायलले अक्टोबर महिनादेखि हमासका लडाकुलाई सङ्गठित हुनबाट रोक्नका लागि उत्तरी गाजामा आक्रमण तीव्र बनाएको हो। एक दिन अघि मात्र जाबालियाको शरणार्थी शिविरमा भएको आक्रमणमा ३३ जनाको ज्यान गएको थियो।

शनिबार मात्र संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार अधिकारी जोयस मसुयलो उत्तरी गाजाको अवस्था ज्यादै खराब रहेको जनाउँदै यसलाई तत्काल रोक्न आवश्यक भएको कुरामा जोड दिए।

शनिबार मात्र इजरायलले लेबनानको राजधानी बेरुतमा समेत ठुलो आक्रमण गरेको छ। इजरायलले हिजबुल्लाहले हतियार भण्डारण गरेको स्थान नास गर्नका लागि आक्रमण गरेको बताएको छ। हिजबुल्लाहको इन्टलिजेन्स हेड क्वार्टर रहेको डाहिए अहिले इजरायलको निसानामा छ।

शनिबार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा आक्रमण गरेको छ। सो आक्रमणमा एक जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ०४ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल