आज अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस, श्रमको सम्मान गर्न माग « Khabarhub

आज अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस, श्रमको सम्मान गर्न माग


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर २० का दिन यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष दिवसको नारा ‘गृह श्रमिकको माग– गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने तय गरिएको छ ।

गृह श्रमिक सरोकार समाज नेपालको अगुवाइमा आज भृकुटीमण्डपबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै पुनः भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।

समाजकी अध्यक्ष प्रभा पोख्रेलले श्रम ऐन, २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने, गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रम कानूनका रुपमा व्यवस्था गर्नुपर्ने माग गरिन् ।

गृह श्रमिकहरूको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरू (राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा) गृह श्रमिकले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाजले गरेको छ ।

गृह श्रमिकहरूको महत्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ४९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा