सहरी विकास मन्त्रालयद्वारा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण  « Khabarhub

सहरी विकास मन्त्रालयद्वारा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ ।

साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलवालले बताए ।

जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरा अस्पताल भवन निर्माण गरेको छ ।

त्यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको