चित्रबहादुर केसी भन्छन्- लामिछानेको पक्राउ सही छ  | Khabarhub Khabarhub

चित्रबहादुर केसी भन्छन्- लामिछानेको पक्राउ सही छ 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ ।

आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सही भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्य तथ्य छानबिन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्‍याइएको छ ।

यसैक्रममा अहिले उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ४ : ४२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले