अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने « Khabarhub

अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ।

यी स्रोतहरू मध्ये एकले उक्त दस्ताबेजको प्रामाणिकतालाई पुष्टि गरेको छ । एक अमेरिकी अधिकारीले उक्त गोप्य सुचना चुहावटलाई गम्भीर चिन्ताको विषयको रूपमा वर्णन गरेको  अमेरिकी समाचार माध्यमले जनाएको छ ।

टेलिग्राममा ‘मिडल इस्ट स्पेक्टेटर’ नामक खाताद्वारा पोस्ट गरिसकेपछि अक्टोबर १५ र १६ का कागजातहरू शुक्रबार अनलाइन प्रसारित हुन थाले । अत्यन्तै गोप्य रूपमा चिह्नित उक्त कागजात केवल अमेरिका र यसको ‘फाइभ आइज’ साझेदारः अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्यका लागि लक्षित थिए ।

यी कागजातले इरानविरुद्ध सैन्य आक्रमणका लागि इजरायलको स्पष्ट तयारीको रूपरेखा प्रस्तुत गर्दछ । ’नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स’ विभागबाट प्राप्त एउटा दस्ताबेजले यी तयारीको एक हिस्साको रूपमा इजरायलले हतियारबारे विवरण दिएको छ । राष्ट्रिय सुरक्षा विभाग (एनएसए) लाई श्रेय दिइएको अर्को दस्ताबेजले आक्रमणको तयारीमा रहेको इजरायली वायु सेनाको अभ्यासलाई समावेश गरेको छ ।

एक अमेरिकी अधिकारीले पेन्टागनको संवेदनशील सामग्रीमा कसलाई पहुँच थियो भन्ने पहिचानमा अनुसन्धान केन्द्रित रहेको सङ्केत गरे । यस्तो चुहावटले स्वचालित रूपमा एफबिआई, पेन्टागन र अमेरिकी गुप्तचर विभागद्वारा संयुक्त अनुसन्धानलाई प्रेरित गर्दछ । एफबिआईले यस अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ ।

त्यसैगरी एउटा दस्ताबेजले इजरायलले कहिल्यै सार्वजनिक रूपमा पुष्टि नगरेको आणविक हतियारहरूको अस्तित्वबारे वर्णन गरेको छ । तर, उक्त दस्तावेजमा अमेरिकाले इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको उल्लेख गरेको छ ।

कागजातहरू कसरी बाहिरियो, तिनीहरू ह्याक गरिएको थियो वा जानाजानी सार्वजनिक गरिएको थियो भन्ने स्पष्ट छैन । अगस्टमा अमेरिकी गुप्तचर विभागहरूले इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको रिपोर्ट गरेसँगै अमेरिकाले इरानी साइबर अभियानहरूबारे उच्च सतर्कतामा अपनाएको सिएनएनले जनाएको छ। –रासस

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ३५ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर