२ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा « Khabarhub

२ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा

वाणिज्य बैंकहरूको मात्रै १७ अर्ब बढी नाफा


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको २ महिनामा बैंकिङ क्षेत्रले २० अर्ब बढी नाफा नाफा आर्जन गरेको छ भने वाणिज्य बैंकहरूले मात्रै १६ अर्ब बढी नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिना अवधिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त क्षेत्रले २० अर्ब २१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले समीक्षा अवधिमा १७ अर्ब ६९ करोड २ लाख रुपैयाँ र विकास बैंकहरूले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा फाइनान्स कम्पनीहरूले ८७ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नाफा आर्जनमा सबैभन्दा अगाडि नबिल

चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । त्यस्तै, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले क्रमशः नाफा आर्जनमा आफूलाई दोस्रो तेस्रो र चौथो पोजिसनमा राख्न सफल भएका छन् ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नबिल बैंकले १ अर्ब ६६ करोड, ग्लोबल आइएमईले १ अर्ब ५६ करोड, नेपाल इन्भेटमेन्ट मेगाले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेका छन् । अन्य वाणिज्य बैंकहरूको नाफा भने एक अर्ब भन्दा तल रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा विकास बैंकमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले गर्न सफल भएको छ । सो बैंकले दुई महिनाको अवधिमा ३२ करोड ५८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, सो अवधिमा गरिमा विकास बैंकले २८ करोड ८९ लाख ४० हजार र साइन रेसुंगा विकास बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका अन्य विकास बैंकहरूको नाफा भने २० करोड तल रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ४८ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका