२ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा « Khabarhub

२ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा

वाणिज्य बैंकहरूको मात्रै १७ अर्ब बढी नाफा


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको २ महिनामा बैंकिङ क्षेत्रले २० अर्ब बढी नाफा नाफा आर्जन गरेको छ भने वाणिज्य बैंकहरूले मात्रै १६ अर्ब बढी नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिना अवधिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त क्षेत्रले २० अर्ब २१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले समीक्षा अवधिमा १७ अर्ब ६९ करोड २ लाख रुपैयाँ र विकास बैंकहरूले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा फाइनान्स कम्पनीहरूले ८७ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नाफा आर्जनमा सबैभन्दा अगाडि नबिल

चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । त्यस्तै, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले क्रमशः नाफा आर्जनमा आफूलाई दोस्रो तेस्रो र चौथो पोजिसनमा राख्न सफल भएका छन् ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नबिल बैंकले १ अर्ब ६६ करोड, ग्लोबल आइएमईले १ अर्ब ५६ करोड, नेपाल इन्भेटमेन्ट मेगाले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेका छन् । अन्य वाणिज्य बैंकहरूको नाफा भने एक अर्ब भन्दा तल रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा विकास बैंकमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले गर्न सफल भएको छ । सो बैंकले दुई महिनाको अवधिमा ३२ करोड ५८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, सो अवधिमा गरिमा विकास बैंकले २८ करोड ८९ लाख ४० हजार र साइन रेसुंगा विकास बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका अन्य विकास बैंकहरूको नाफा भने २० करोड तल रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ४८ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन