दोलखामा ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो « Khabarhub

दोलखामा ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– जनस्वास्थ्य कार्यालय दोलखाले यस वर्ष दोलखाका नौ स्थानीय तहका करिब एघार हजार बालबालिकालाई शुक्रबार र शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाले कात्तिक २ र ३ गते राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका करिब एघार हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकवर्ष देखी ५  वर्षमुनिका ९ हजार बालबालिकालाई जुकाको औषधि दिएको जनस्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत मनिषा महर्जनले बताइन् ।

कार्यालयले जिल्लाका स्थानीय पालिका तथा वडाको समन्वयमा नौ पालिकाका ७४ वडामा रहेका स्वास्थ्य चौकी,सामुदायिक स्वास्थ्य इकाई,विद्यालय,वडा कार्यालयमा स्वास्थ्यकर्मी,स्वस्थ्यस्वयंसेविकालाई परिचालन गरेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको जानकारी दिइन् ।

कार्यालयले सबैभन्दा बढी भिमेश्वर नगरपालिका भित्रका दुई हजार आठ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको छ।

त्यसैगरी जिरी नगरपालिकामा एक हजार ५४ जना, कालिञ्चोक गाउँपालिकामा एक हजार पाँच सय ३० जना,मेलुङ गाउँपालिका भित्रका आठ सय २२ जना, शैलुङ गाउँपालिकाका नौ सय ६४ जना, तामाकोशी गाउँपालिकाका आठ सय ६० जना र वैतेश्वर गाउँपालिकाका एक हजार ३५ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकामा एक हजार ३२ जना र विगु गाउँपालिका भित्रका एक हजार एक सय ६१ जना गरी दश हजार सात सय ७७ जना र जिल्ला बाहिर बसोबास गर्ने तर दशै मनाउन गाउँ आएका करिब दुई सय ३४ जना बालबालिकालाई पनि भिटामिन ‘ए’ तथा जुकाको औषधि यहीँबाट दिएको हुँदा जिल्लाका झण्डै एघार हजार बालबालिकाले यस वर्ष भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ।

‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक रहेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। कार्यालयले शुक्रवार र शनिबार छुटेका बालबालिकालाई पनि नजिकैको स्वास्थ्य चौकी मार्फत भिटामिन ए तथा जुकाको औषधि खुवाउने समेत जनाएको छ।
– सुबास बस्नेत

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ०७ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको