मिथिलामा आज करबाचौथ पर्व मनाइँदै « Khabarhub

मिथिलामा आज करबाचौथ पर्व मनाइँदै


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करबाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरूले आज पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाइरहेको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेका पुजारी पं उपेन्द्र पाठकले बताए ।

दिनभरि उपवास गरेर राति चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै पर्वलाई समापन गरिन्छ । आज बिहानदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाहरू पूजापश्चात् जल ग्रहण गर्दछन् भने त्यसपछि पतिलाई नानाथरीका प्रसाद र पकवानहरू खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको पं बद्रीनारायण झाले बताए ।

यस पर्वमा मिथिलानीहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहना, सिउँदोमा सिन्दूरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जाली सहितको आटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा र त्यसछि सोही चाल्नाबाट आ–आफ्ना पतिलाई उभ्याएर दर्शन गर्ने प्रचलन छ ।

चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनः त्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यस पर्वको प्रमुख प्रक्रिया हो । करबाचौथ पर्व तराई मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल