राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास | Khabarhub Khabarhub

राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् ।

सामाजिक सञ्जालमा आज एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताए। नेपाल भलिबल सङ्घले उहाँलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो ।

श्रेष्ठले सन् २०१५ मा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनी निरन्तर टोलीमा थिए । श्रेष्ठले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएका कारण आफूले सन्न्यास लिएको बताए ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २७ वर्षीय श्रेष्ठले यसअघि राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको भूमिका पनि निर्वाह गरेका थिए । नेपालले गत वर्ष उनकै कप्तानीमा १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो । श्रेष्ठ राष्ट्रिय पुरुष भलिबल टोलीको ११औँ कप्तान हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ५२ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको