हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने « Khabarhub

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो ।

उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।

उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उनको भनाइ थियो । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए ।

“हामीसँग कच्चापदार्थको अभाव छैन्”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।”

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ थियो । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

यही भदौ महिनाको तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : २२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले