म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने « Khabarhub

म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा पेस गर्दैछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई हिजो साइबर अपराधको कसुरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउने क्रममा मंगलबार समय लागेकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो ।

सीआईबीले प्रसाईंलाई पक्राउपछि नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा राखेको छ । प्रसाईंमाथि सुरुमा साइबर अपराधमा अनुसन्धान हुनेछ ।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै प्रचार गरेका थिए ।

प्रसाईं यसअघि एक महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : ५२ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको