कीभस्थित अमेरिकी दुतावास अस्थायी रुपमा बन्द « Khabarhub

कीभस्थित अमेरिकी दुतावास अस्थायी रुपमा बन्द


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुतावास अस्थायी रुपमा बन्द गरेको छ । बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुतावासलाई अस्थायी रुपमा बन्द गरेको छ ।

दुतावासले एक आकस्मिक सूचना दिँदै दुतावास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द्व बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफूले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १ : ४१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको