कांग्रेसको स्पष्टीकरणले पछि हटे सांसद बजगाईं, पर्यटनमन्त्रीलाई लगाएको आरोप फिर्ता « Khabarhub

कांग्रेसको स्पष्टीकरणले पछि हटे सांसद बजगाईं, पर्यटनमन्त्रीलाई लगाएको आरोप फिर्ता


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाइएको आरोप फिर्ता लिएका छन् ।

पार्टीको अनुशासन समितिले लिखित स्पष्टीकरण मागेपछि उनले मन्त्री पाण्डेविरुद्ध सामाजिक सञ्जालमार्फत लगाएको आरोप समाजिक सञ्जालमार्फत् नै फिर्ता लिएका हुन् ।

‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले एक्स (ट्विटर)मा लेखेका छन्, ‘मैले लगाएको आरोपले उहाँ (मन्त्रीजी) लाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’

सांसद बजगाईंले केही दिनअघि एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको दावी गर्दै सामाजिक सञ्जलमामार्फत् मन्त्री पाण्डेमाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।

मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टा पछि नै सामाजिक सञ्जालबाट हटाएका थिए ।

मन्त्री पाण्डेले बजगाईंविरुद्ध कात्तिक २९ गते पार्टीको अनुशासन समिति र कात्तिक ३० गते संसदीय दलमा उजुरी दिएका थिए ।

उजुरी परेपछि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले सांसद बजगाईंसँग मौखिक स्पष्टीकरण लिएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १ : ५७ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका