पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा « Khabarhub

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले पुथा उत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका जगत धर्ती निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको भनाइ छ । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रुकुम पूर्वी भाग जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका देहाय बमोजिमका व्यक्ति मात्र उम्मेदवार कायम भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

 सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ०४ बजे

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको