९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट « Khabarhub

९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर २७११.७५ विन्दुमा पुगेको हो  ।

नेप्से बढ्दा कारोबार भने घटेको छ । ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर कारोबार भएको छ । 

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२३ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ३०३ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

१३ समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.३८ प्रतिशतले बढेर ५ हजार ७०२.२४ विन्दुमा पुगेको छ । 

त्यस्तै, फाइनान्स १.६६ प्रतिशतले, होटल तथा पर्यटन ०.४५ प्रतिशतले, हाइड्रो १.२८ प्रतिशतले, लगानी ०.२० प्रतिशतले, लघुवित्त ०.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०.२७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ०.२६ प्रतिशतले घटेर १ हजार ५०३.३० विन्दुमा आएको छ । साथै, जीवन बीमा ०.१८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०० प्रतिशत ०.२१ अंकले, निर्जीवन बीमा ०.२१ प्रतिशतले र अन्य समूह ०.०७ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : १९ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा