शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति « Khabarhub

शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् ।

उनले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरे । 

उनले भने–‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धूमिल बनाउने अवस्था आउन दिन हुँदैछ । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङ्ग्रहणीय सामग्री हुने स्पष्ट पारे । 

उनले महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे। 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ४ : ०६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा