रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी « Khabarhub

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू वितरण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्वीडेनले पनि आफ्ना ५२ लाखभन्दा बढी नागरिकलाई पर्चा पठाएको छ । उनले आणविक युद्धका बेला विकिरणबाट जोगाउन प्रयोग हुने आयोडिन ट्याब्लेटहरू राख्न निर्देशन दिएका छन्।

यसैबीच अमेरिकाले बुधबार युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । अमेरिकाको स्टेट काउन्सिलर डिपार्टमेन्टले मंगलबार राति यो घोषणा गरेको हो ।

दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । यससँगै युक्रेनमा बसोबास गर्ने अमेरिकी यात्रुहरूलाई पनि सावधानी अपनाउन भनिएको छ र कुनै खतरा भएमा सुरक्षित स्थानमा जान तयार रहन पनि सुझाव दिइएको छ ।

बाइडेन प्रशासनले तीन दिनअघि युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो। त्यसयता दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : ०१ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब