लोकतन्त्रको विकल्प हुन सक्दैन : गृहमन्त्री  « Khabarhub

लोकतन्त्रको विकल्प हुन सक्दैन : गृहमन्त्री 


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने बताएका हुन् ।  

‘लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ ।’ 

उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए।

देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । उनले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताए। 

‘लागूऔषध अहिले सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ, युवाहरू लागूऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्’, उनले भने, ‘यी समस्यालाई पनि गहिरो ढंगले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : २१ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न