सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी « Khabarhub

सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संकट झन् झन् बढ्दैछ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा पनि बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले जाहेरी दिएका हुन्।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार बुधबार सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख एवम् एसपी गौतम मिश्रले जाहेरी आएको पुष्टि गर्दै यसबारे अध्ययन भइरहेको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी बुधबार दिएका हुन् ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका हुन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ०४ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर