‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरी भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’ « Khabarhub

‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरी भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक काम गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा बुधबार गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहाले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम आफ्नो नेतृत्वमा सम्भव भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’

उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट आजित भएका जनतालाई तत्कालीन माओवादी नेतृत्वको सरकारले राहत दिएको बताए । नेपाल विद्युत् प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएकाले देश लोडसेडिङमुक्त भएको उनको तर्क छ।

अध्यक्ष दाहालले माओवादीका राम्रा कामलाई जनताबीच पुर्‍याउन हिच्किचाउन नहुने बताए । तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी उनले गरे ।

‘पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्‍यौँ’, उनले भने, ‘त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्‍यौँ ।’

तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने गरी कारबाही प्रक्रिया माओवादी नेतृत्वको सरकारले चलाएको अध्यक्ष दाहालले बताए ।

उनले भने, ‘सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्‍यो ।’

माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको उनले स्वीकार गरे । अध्यक्ष दाहालले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रविरुद्ध हुने सबै षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : १५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२