देउसी कार्यक्रमबाट उठेको दक्षिणा क्यान्सर पीडितलाई  « Khabarhub

देउसी कार्यक्रमबाट उठेको दक्षिणा क्यान्सर पीडितलाई 


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही पत्रकार तथा मजदुर नेताहरूले खेलेको देउसी कार्यक्रमबाट उठेको दक्षिणा मध्ये ६५ हजार रुपैयाँ क्यान्सर पीडित सञ्चारकर्मी स्नेहा श्रेष्ठको उपचारका लागि प्रदान गरिएको छ । 

बुधबार नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले क्यान्सर पीडित पत्रकार श्रेष्ठको निवासमा सहयोग हस्तान्तरण गरिएको हो । 

ब्रेस्ट क्यान्सरबाट पीडित श्रेष्ठको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वहाँको मंसिर ९ गते शल्यक्रिया हुँदैछ । वहाँको उपचारमा सहयोग होस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राईले बताए। 

२०८१ को तिहारमा देउसी खेलेर प्राप्त दक्षिणा मध्ये पत्रकार श्रेष्ठ सहित मुखको क्यान्सर पीडित भानुचोकमा भारी बोक्ने काम गर्ने स्टेण्ड मजदुर बुद्ध ठटाललाई १० हजार र मृगौला पीडित इटहरीका पत्रकार पीबी दियालीलाई १० हजार प्रदान गरिने अध्यक्ष राई बताए। 

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा भएको देउसी कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, प्रेस चौतारी नेपाल धरान नगर कमिटी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र विभिन्न व्यक्तिहरूले सहयोग गरेका थिए । 

विगत एक दशकदेखि यही समुहले देउसी खेलेर प्राप्त दक्षिणाबाट साहित्यकार श्री सुब्बाको कृति प्रकाशन, स्पाइनलकर्ड इन्जुरी भएका यातायात मजदुर पून्य प्याकुरेल घर निर्माण अभियानमा सहयोग, पत्रिकाका हकर ज्ञानबहादुर माझीको घर निर्माणमा सहयोग, एकल महिला जानुका बिकको घर निर्माणमा सहयोग गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ४६ बजे

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची

ड्रोनबाट यस्ताे देखियाे सुदूरपश्चिम र लुम्बिनीबीचकाे खेल (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स