वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने « Khabarhub

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ । बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशित गर्दै राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत कार्य भइरहेको भन्दै राति सात घण्टा अवरुद्ध हुने जानकारी दिएको हो ।

डिभिजन कार्यालयले वीपी राजमार्ग धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तिखोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको बताएको छ ।

त्यस्तै राजमार्गको भकुण्डेवेशीदेखि नेपालथोकसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने र अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा राति गाडी नचलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : २२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६