रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने « Khabarhub

रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको स्वरूप बदल्ने भएको छ। मङ्गलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका स्वरूपहरू बदल्ने निर्णय गरेको हो।

बैठकले उपनिर्वाचनमा आन्दोलनको प्रचार गर्ने र सामाजिक सञ्जाल मार्फत तथ्य र वैचारिक हिसाबले आन्दोलन गर्ने बताएको छ। तर सभापति हिरासतमा भएको ठाउँ पोखरामा भने शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने रास्वपाको भनाइ छ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले खबर हबसँग भने, ‘हामीले २६ ठाउँको उपनिर्वाचनमा भाग लिएका छौं । त्यहाँ हुने घरदैलो र कोडसभामा यो विषयहरू उठाउनेछौं। यस्तै सामाजिक सञ्जाल मार्फत आन्दोलनका विषयमा सत्य र तथ्य प्रमाणहरू सहित आवाजहरू उठ्नेछन् ।’

श्रेष्ठका अनुसार दुई दिन बसेको केन्द्रीय समितिको बैठकले अब सामाजिक सञ्जाल मार्फत वैचारिक र तथ्यगत हिसाबले आन्दोलन गर्न सबैबीच सहमति जुठेको हो।

मङ्सिर २ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने कास्की हिरासतमा छन् । उनलाई गत साता सुप्रिम सहकारीको अनुसन्धान गर्न रूपन्देही समेत लगिएको थियो। सभापति लामिछाने विरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ। उनलाई काठमाडौँ पनि ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ५६ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक