रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने « Khabarhub

रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको स्वरूप बदल्ने भएको छ। मङ्गलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका स्वरूपहरू बदल्ने निर्णय गरेको हो।

बैठकले उपनिर्वाचनमा आन्दोलनको प्रचार गर्ने र सामाजिक सञ्जाल मार्फत तथ्य र वैचारिक हिसाबले आन्दोलन गर्ने बताएको छ। तर सभापति हिरासतमा भएको ठाउँ पोखरामा भने शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने रास्वपाको भनाइ छ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले खबर हबसँग भने, ‘हामीले २६ ठाउँको उपनिर्वाचनमा भाग लिएका छौं । त्यहाँ हुने घरदैलो र कोडसभामा यो विषयहरू उठाउनेछौं। यस्तै सामाजिक सञ्जाल मार्फत आन्दोलनका विषयमा सत्य र तथ्य प्रमाणहरू सहित आवाजहरू उठ्नेछन् ।’

श्रेष्ठका अनुसार दुई दिन बसेको केन्द्रीय समितिको बैठकले अब सामाजिक सञ्जाल मार्फत वैचारिक र तथ्यगत हिसाबले आन्दोलन गर्न सबैबीच सहमति जुठेको हो।

मङ्सिर २ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने कास्की हिरासतमा छन् । उनलाई गत साता सुप्रिम सहकारीको अनुसन्धान गर्न रूपन्देही समेत लगिएको थियो। सभापति लामिछाने विरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ। उनलाई काठमाडौँ पनि ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ५६ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड