पाकिस्तानले जित्यो शृङ्खला : अफ्रिदिको चार विकेट, बाबर, रिजवान र कमरानको शानदार अर्धशतक « Khabarhub

पाकिस्तानले जित्यो शृङ्खला : अफ्रिदिको चार विकेट, बाबर, रिजवान र कमरानको शानदार अर्धशतक


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएपछि पाकिस्तानको शृङ्खला एक खेल अगाडि नै जितेको हो।

बिहीबार केप टाउनमा भएको दिवा रात्रि खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ८१ रनले हराएको हो। ३३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४८ रनमा सीमित भयो। दक्षिण अफ्रिकाका लागि हेन्रिक क्लासेनले ९७ रन प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

७४ बलको सामना गरेका उनले चार चौका र ८ छक्का प्रहार गरेका थिए। दक्षिण अफ्रिकाका टोनी डे जोर्डीले ३४ तथा डेभिड मिलरले २९ रन प्रहार गरे।

पाकिस्तानका सहिन शाह अफ्रिदीले ८ ओभरमा ४७ रन खर्चिँदै ४ विकेट लिए। नसिम शाहले ८ दशमलव १ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३२९ रनको योगफल खडा गरेको थियो।

पाकिस्तानका कमरान गुलहामले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ६३ रन जोडे। उनले ४ चौका र ५ छक्का प्रहार गरे। यस बापत उनी म्यान अफ द म्याच बने।

कप्तान मोहम्मद रिजवानले ८२ बलमा ८० रन जोडे। उनले ७ चौका र ३ छक्का प्रहार गरे। बाबर आजमले ७३ रन प्रहार गरे। दक्षिण अफ्रिकाका क्वेना मापाखाले ४ विकेट लिए पनि उनी महँगो साबित भए। उनले उनले ९.५ ओभरमा ७२ रन खर्चे। मार्को जेन्सनले १० ओभरमा ७१ रन खर्चिँदै ३ विकेट हात पारे।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५४ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु