इजरायलको आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रोश : प्यालेस्टाइनी शिविरमा १५ जना मारिए « Khabarhub

इजरायलको आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रोश : प्यालेस्टाइनी शिविरमा १५ जना मारिए


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा – विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा भएको इजरायली आक्रमणमा १५ जनाको ज्यान गएको छ। दुई विद्यालयमा भएको आक्रमणमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।

गाजाको छिमेकी सहर साब्रामा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ। यसैगरी, रफाहको टकटकमा भएको आक्रमणमा तीन जनाको ज्यान गएको छ।

इजरायल अधीनस्थ वेस्ट बैङ्कको टल्केराममा एक सवारी साधनलाई लक्षित गर्दै भएको आक्रमणमा पनि चार प्यालेस्टाइनी मारिएका छन्।

यसैगरी, वेस्ट बैङ्कको नाबलास नजिकै रहेको बालाटा शरणार्थी शिविरमा भएको आक्रमणमा ८० वर्षीया वृद्धा सहित दुई प्यालेस्टाइनीको ज्यान गएको छ।

प्यालेस्टाइनमा राहत वितरणमा अवरोध गरेको विषयमा अन्तर्राष्ट्रिय अदालतमा धारणा बुझ्ने पक्षमा संयुक्त राष्ट्र सङ्घको महासभामा मतदान हुनेछ।

अमेरिकी सेक्रेटरी अफ स्टेट एन्थोनी ब्लिन्केनले डोनाल्ड ट्रम्पले साउदी अरेबिया र इजरायल बिचको सम्बन्ध सामान्य बनाउने विषयलाई चासो दिने अपेक्षा गरेका छन्।

ब्लिन्केनले यस विषयमा कुरा गर्दै साउदी अरेबियासँग अमेरिकाको वार्ता भएकाले अर्को चरणमा इजरायलसँगको सहकार्य र मध्यपूर्वको समस्या समाधानका लागि पहल अति आवश्यक भएको उनले बताए।

इजरायलले यो आक्रमण जारी राखेकै समयमा इजरायलमाथि प्रतिबन्ध लगाउन स्पेनमा समेत दबाब परेको छ। त्यहाँका चार प्रमुख दलले सरकारलाई इजरायल माथिको प्रतिबन्धका लागि पहल गर्न दबाब दिएका हुन्।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४६ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि