महुली लघुवित्तको एफपीओ आजदेखि खुला « Khabarhub

महुली लघुवित्तको एफपीओ आजदेखि खुला


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ) आजदेखि खुला भएको छ । संस्थाले सर्वसाधारण समूह अन्तर्गतको ४ करोड ७५ लाख ४४ हजार ९१९ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

प्रतिकित्ता शेयर मूल्य १ सय रहेको संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता साधारण शेयर आज शुक्रबारदेखि सर्वसाधारणका लागि जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेर निष्कासन गरिएको उक्त शेयर छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गतेसम्म खरिद गर्न सकिने छ ।

गत आर्थिक वर्ष ०८०र८१ मा अपरिष्कृत विवरण अनुसार संस्थाको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा र प्रति शेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको छ । इक्रा नेपालले गरेको रेटिङबाट संस्थाले बीबी माइनस रेटिङ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ११ : १७ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको