दीपकराज गिरीको चाहना : रविलाई चाँडै बाहिर देख्न पाइयोस् « Khabarhub

दीपकराज गिरीको चाहना : रविलाई चाँडै बाहिर देख्न पाइयोस्


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलकार तथा निर्देशक दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई चाँडै बाहिर देख्न चाहेको बताएका छन् ।

गत २४ कात्तिकमा कास्की प्रहरीको हिरासतमै पुगेर रविलाई भेटेका उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रविलाई चाँडै बाहिर देख्ने चहाना पनि व्यक्त गरेका छन् ।

‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोकामै लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन’, उनले भने, ‘मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन । त्यसैले उहाँ मन्त्री हुन्जेल भेटघाट भएन मेरो । तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो र भेटेँ।’

साथीलाई सुखमा नभएर दुःखमा भेट्नुपर्छ भन्ने मान्यताअनरुप आफू भेट्न गएको गिरीले बताएका छन् । ‘उहाँसँगको भेटमा आत्मविश्वासी हुनु हुन्थ्यो । डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले भनेका छन् ।

रवि दोषी वा निर्दोष आफूले भन्न नसक्ने पनि उनले बताएका छन् । ‘तपाईं दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ तपाईं निर्दोष हुनुहुन्छ’, उनले भनेका छन् ।

यदि निर्दोष भए रविलाई चाँडै ‘बाहिर भेट्न पाइयोस्’ भन्ने कामना पनि गिरीले गरेका छन् । ‘चुप लाग’ भन्छन् साथीहरू बोल्ने बानी छ के गर्ने ?’ गिरीले भनेका छन् ।

गिरी सामाजिक सञ्जालमा लेखेर चर्चामा आइरहन्छन् । उनी विवादमा पनि पररिरहन्छन् । दीपकले रविलाई आफ्ना बालखसा भन्दै आएका छन् । दीपकले आफ्ना सामाजिक गतिविधिमा रवि र रास्वपालाई समर्थन र सदासयता देखाइरहन्छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ३६ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा