दीपकराज गिरीको चाहना : रविलाई चाँडै बाहिर देख्न पाइयोस् | Khabarhub Khabarhub

दीपकराज गिरीको चाहना : रविलाई चाँडै बाहिर देख्न पाइयोस्


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलकार तथा निर्देशक दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई चाँडै बाहिर देख्न चाहेको बताएका छन् ।

गत २४ कात्तिकमा कास्की प्रहरीको हिरासतमै पुगेर रविलाई भेटेका उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रविलाई चाँडै बाहिर देख्ने चहाना पनि व्यक्त गरेका छन् ।

‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोकामै लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन’, उनले भने, ‘मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन । त्यसैले उहाँ मन्त्री हुन्जेल भेटघाट भएन मेरो । तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो र भेटेँ।’

साथीलाई सुखमा नभएर दुःखमा भेट्नुपर्छ भन्ने मान्यताअनरुप आफू भेट्न गएको गिरीले बताएका छन् । ‘उहाँसँगको भेटमा आत्मविश्वासी हुनु हुन्थ्यो । डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले भनेका छन् ।

रवि दोषी वा निर्दोष आफूले भन्न नसक्ने पनि उनले बताएका छन् । ‘तपाईं दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ तपाईं निर्दोष हुनुहुन्छ’, उनले भनेका छन् ।

यदि निर्दोष भए रविलाई चाँडै ‘बाहिर भेट्न पाइयोस्’ भन्ने कामना पनि गिरीले गरेका छन् । ‘चुप लाग’ भन्छन् साथीहरू बोल्ने बानी छ के गर्ने ?’ गिरीले भनेका छन् ।

गिरी सामाजिक सञ्जालमा लेखेर चर्चामा आइरहन्छन् । उनी विवादमा पनि पररिरहन्छन् । दीपकले रविलाई आफ्ना बालखसा भन्दै आएका छन् । दीपकले आफ्ना सामाजिक गतिविधिमा रवि र रास्वपालाई समर्थन र सदासयता देखाइरहन्छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ३६ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।