साताको कार्टुन : दम्भको उडानतिर ओली ! « Khabarhub

साताको कार्टुन : दम्भको उडानतिर ओली !


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असार ३० गते प्रधानमन्त्री बनेयता नेकपा एमालेका अध्यक्ष केपी शर्माले संघीय सरकारलाई गति दिन सकेका छैनन् ।

पहिलो र दोस्रो कार्यकालमा आफ्नो अडानका केही प्रशंसा बटुलेका ओली यो कार्यकालमा आलोचनाको घेरामा छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग जुहारी खेल्नेदेखि कामभन्दा भाषणमा धेरै समय दिएका कारण नेपाली कांग्रेससहितको सरकारले परिणाममुखी काम गर्न सकेको छैन ।

ओली यसबीचमा आफ्ना विपक्षी र विरोधीलाई खुइल्याउन पछि पर्दैनन् । सरकारले गति लिन नसकेका बेला ओली अझै दम्भ बोकेर हिँडिरहेका छन् । नयाँ आर्थिक वर्षको ५ महिनामा विकास खर्च केबल १२ प्रतिशत छ तर ओली भने दम्भको उडानमा छन् ।

खबरहबका लागि दीपक गौतमले बनाएका यो कार्टुनमार्फत् ओलीको त्यही प्रवृत्तिमा प्रहार गरिएको छ । सरकारलाई गति दिएर जनतामाझ परिणाम पुर्‍याउनेभन्दा दम्भ बोकेर बस्दा दिनदिनै आलोचना बढिरहेको छ । ओली सार्वजनिक मञ्चमा सुखी नेपाली समृद्ध नेपाल भनिरहन्छन् तर ठोस देखिने काममा भने चुकिरहेको कुरालाई यस कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ४८ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान