शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन « Khabarhub

शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तिक्तता नरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न शुक्रबार कैलालीको धनगढी पुगेका कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नेतृत्वको टोलीसँगको छलफलका क्रममा देउवासँग आफ्नो कुनै तिक्तता नरहेको बताएको जिल्ला सचिव भीम भट्टले बताए ।

जिल्ला सचिव भट्टका अनुसार नेता कोइरालाले सभापति देउवासँगको सल्लाहमै सुदूरपश्चिमका नेता–कार्यकर्ता भेट्न धनगढी आएको पनि बताएका छन् ।

‘साथीहरूले शेखर दाइसँग अधिवेशन लगायत कुरा राख्नुभयो । उहाँले शेरबहादुर देउवा मेरो सभापति र नेता हो । मैले उहाँलाई दाइजस्तै मान्छु भन्नु भयो,’ जिल्ला सचिव भट्टले खबरहबलाई सुनाए, ‘मेरो र उहाँबीचमा केही त्यस्तो छैन । उहाँलाई भनेरै सुदूरपश्चिम आएको हुँ भन्नुभयो ।’

नेता–कार्यकर्तासँगको छलफलका क्रममा कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको स्वाभाविक उम्मेदवार भएको पनि बताए ।

‘१५ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हो । १४ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार भइसकेको र निकटतम् प्रतिद्वन्द्वी भएकाले स्वभाविक दाबेदार हो,’ भट्टले भने, ‘पार्टीलाई अब एक बनाएर लैजानुपर्छ भन्ने कुरा राख्नुभयो ।’

आशन्न १५ औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता कोइराला शुक्रबार सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।

उनलाई सुदूरपश्चिमका नेता–कार्यकर्ताले धनगढी बिमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ४७ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले