नेपालमा पूर्वाधार बनाउन एडीबीले थप एक खर्ब पाँच अर्ब रुपैयाँ सहयोग दिने « Khabarhub

नेपालमा पूर्वाधार बनाउन एडीबीले थप एक खर्ब पाँच अर्ब रुपैयाँ सहयोग दिने


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहायता रकममध्ये छ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।

 अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

 त्यस अवसरमा सचिव घिमिरेले नेपालको सामाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरे  ।

निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडिबीले सघाउँदै आएको बताए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ०५ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज