हङकङविरुद्धको सिरिजमा नेपाली यू-१९ टोलीको क्लिनस्विप « Khabarhub

हङकङविरुद्धको सिरिजमा नेपाली यू-१९ टोलीको क्लिनस्विप


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङको यू-१९ टोलीलाई हराउँदै घरेलु टोली यू-१९ टोलीले तीन खेलको एक दिवसीय शृंखला क्लिनस्विप गरेको छ ।

शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा हङकङको यू-१९ टिम १३० रनले पराजित भएपछि नेपालले सिरिज कब्जा गरेको हो ।

नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्रै बनायो ।

हङकङका लागि प्रित म्यानगुकियाले अर्धशतकीय योगदान दिए । नटआउट रहेका उनले ८७ बलको सामना गरेर ५५ रन जोडेका । जुमा ७ चौका पनि थियो ।

त्यस्तै अब्दुर सामदले २३ र कप्तान शिव माथुरले १८ रन जोड्नुबाहेक अरुले दोहोरो अंक छोएनन् ।

बलिङमा नेपालका अभिषेक तिवारी र अफ्रुदिन रैनले समान २-२ विकेट लिए ।

राजेश बोहरा, दीपक सेरला, र सन्तोष यादवले समान एक-एक विकेट लिए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २६५ रन बनाएको थियो ।

नेपालका लागि तीनजनाले अर्धशतक बनाए । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन बनाए । सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन बनाए ।

९६ बल खेलेका सूर्यांशुले ८ चौका र १ छक्का हान्दा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का प्रहार गरे । सन्तोषले पनि ४५ बलमा ५ चौका र १ छक्का हाने ।

नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पायो । बलिङमा हङकङका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।

लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज जितिसकेको थियो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले हराएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ५२ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।