सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग « Khabarhub

सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग

फरार रहेका जीबीविरुद्ध एकसाथ चार मुद्दा


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरेको छ ।

उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई(जीबी) सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता भएको कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा दर्ता गराएको लामिछानेले जानकारी दिए ।

‘अभियोग मागदाबीबारे सरकारी वकिलबाट पत्र प्राप्त भएको छ । सूर्यदर्शन सहकारी संस्थामा भएको ठगीबारे पहिले अभियोग लगाएइका १९ जनाविरुद्ध १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँको माग दाबी थियो’, उनले भने, ‘फेरि आज सरकारी वकिलबाट थप बिगो कायम गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ सहितको पुरक अभियोग पत्र आइपुगेको छ।’

लामिछानेका अनुसार जीबीसहितका १९ जना प्रतिवादीलाई नै सहकारीको दफा थप र बिगो थप गरेर अभियोग पत्र आइपुगेको छ। उनका अनुसार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित पुरक अभियोग पत्र दर्ता भएको हो ।

पुरक अभियोग पत्रमा ४० करोड २० लाख रुपैयाँ थप भएसँगै अब यो मुद्दामा जम्मा बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको लामिछानेले बताएका छन् ।

उनका अनुसार यस प्रकरणमा १९ प्रतिवादीमध्ये १६ जनालाई सहकारीको दफा थप र बिगो थपसहित संगठित अपराधको दफा थप गरेर अभियोग आइपुगेको छ।

‘जीबी राईको हकमा मात्र सहकारीको दफा, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शु्द्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको पुरक अभियोग आएको छ’, उनले भने, ‘रवि लामिछानेसहित अन्य नयाँ प्रतिवादीहरूको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको छ।’

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ०९ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण