दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्चले यसअघि बन्दीसहित उपस्थित गराउने आदेश दिएको थियो ।

आदेशअनुसार शुक्रबार प्रसाईंलाई सर्वोच्चमा हाजिर गराइएको थियो। सर्वोच्चमा हाजिर गराइएका प्रसाईंलाई न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

उनले साइबर अपराधसम्बन्धी मुद्दामा धरौटी तिरेर रिहा भए पनि प्रहरीले दु:ख दिने मनसाय राखेर फेरि पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रसाईंलाई गत मंसिर ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उक्त मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीका आधारमा पुन: पक्राउ गरेको थियो। सर्वोच्चको आदेशपछि क्यान्सरपीडितसमेत रहेका प्रसाईं अब रिहा हुने छन् ।

हेर्नुहोस् अदालतको निर्णय :

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ३६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द