सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह « Khabarhub

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।

सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्य तथ्य छानबिन गरी कारबाही हुनुपर्छ ।’

‘धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘लाखौँ जनताको बिचल्ली भएको छ, उहाँहरूलाई न्याय दिनुपर्छ ।’

यस्तै, उनले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने बताए । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उनको आरोप थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ०७ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु