भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया « Khabarhub

भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् ।

भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।

राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् ।

सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।

भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधि थिए।

उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तु समेटिएको थियो।

उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए।

प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्