महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना « Khabarhub

महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभाटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिको कल सेन्टरमा मंसिर १९ मा सुपरमार्केटले ‘बासी सडेको र किरा लागेको खाना बेचेको गुनासो आएपछि अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा जरिवाना गरिएको हो ।

महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएको भन्दै सोही ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको भाटभटेनीलाई लेखिएको पत्रमा भनिएको छ ।

‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अब उपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानूनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रवन्ध मिलाउन होला,’ महानगरले भाटभटेनीलाई भनेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा