भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने « Khabarhub

भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले वृद्धि हुने निष्कर्षसहित एउटा प्रतिवेदन सार्वजनिक भएको छ ।

स्टेट बैंक अफ इण्डियाले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०३२ सम्म भारतको ऊर्जा भण्डारण क्षमता १२ गुणाले वृद्धि भई ६० गिगावाट पुग्ने उल्लेख छ ।

यो भारतको नवीकरणीय ऊर्जा स्रोतको अपेक्षित वृद्धिभन्दा धेरै रहेको समाचार संस्था एएनआईले जनाएको छ । सन् २०२० मा भारतमा भण्डारण क्षमतासहितका नवीकरणीय ऊर्जा स्रोत ५ प्रतिशत रहेकोमा सन् २०२४ मा त्यो बढेर २३ प्रतिशत पुगेको छ ।

ब्याट्री ऊर्जा भण्डारण प्रणाली र पम्प भण्डारण परियोजनाले ऊर्जा भण्डारण बजारको महत्त्वपूर्ण हिस्सा ओगट्ने अपेक्षा गरिएको छ । सन् २०३२ सम्म ब्याट्री ऊर्जा भण्डारण प्रणालीको क्षमता ३ सय ७५ प्रतिशतले वृद्धि भई ४२ गिगावाट पुग्ने छ भने पम्प भण्डारण परियोजनाको क्षमता ४ गुणाले बढेर १९ गिगावाट पुग्ने छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : १९ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले