चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च « Khabarhub

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा त्यहाँ शहरी युवा बेरोजगारी दर १६.१ प्रतिशत पुगेको छ ।

यद्यपि अघिल्लो महिनाको तुलनामा भने शहरी युवा बेरोजगारी दरमा भने केही कमी आएको देखिएको छ । अक्टोबर महिनामा त्यहाँ विद्यार्थीबाहेक १६ देखि २४ वर्ष उमेर समूहका युवा बेरोजगारी दर १७.१ प्रतिशत पुगेको थियो ।

त्यसैगरी, २५ देखि २९ वर्ष उमेर समूहका युवा बेरोजगारी दर पनि अघिल्लो महिना ६.८ प्रतिशतको तुलनामा नोभेम्बर महिनामा झिनो अंकले घट्दै ६.७ प्रतिशत पुगेको छ ।

राष्ट्रव्यापी रूपमा भने नोभेम्बर महिनामा ५ प्रतिशत बेरोजगारी दर रहेको ब्युरोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ०० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति