चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च « Khabarhub

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा त्यहाँ शहरी युवा बेरोजगारी दर १६.१ प्रतिशत पुगेको छ ।

यद्यपि अघिल्लो महिनाको तुलनामा भने शहरी युवा बेरोजगारी दरमा भने केही कमी आएको देखिएको छ । अक्टोबर महिनामा त्यहाँ विद्यार्थीबाहेक १६ देखि २४ वर्ष उमेर समूहका युवा बेरोजगारी दर १७.१ प्रतिशत पुगेको थियो ।

त्यसैगरी, २५ देखि २९ वर्ष उमेर समूहका युवा बेरोजगारी दर पनि अघिल्लो महिना ६.८ प्रतिशतको तुलनामा नोभेम्बर महिनामा झिनो अंकले घट्दै ६.७ प्रतिशत पुगेको छ ।

राष्ट्रव्यापी रूपमा भने नोभेम्बर महिनामा ५ प्रतिशत बेरोजगारी दर रहेको ब्युरोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ०० बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा