भारतीय राजदूतद्वारा नेपाली कूटनीतिज्ञसँग अन्तरक्रिया « Khabarhub

भारतीय राजदूतद्वारा नेपाली कूटनीतिज्ञसँग अन्तरक्रिया


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गएको टोलीसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् । भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा ण्एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।

भ्रमणमा नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरु थिए ।राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् । सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।

भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालयस अर्थ मन्त्रालयस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस शहरी विकास मन्त्रालयस कृषि तथा पशुपन्छी विकास मन्त्रालयस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस तथा रेल विभागका प्रतिनिधि थिए।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ०१ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा