भारतीय राजदूतद्वारा नेपाली कूटनीतिज्ञसँग अन्तरक्रिया | Khabarhub Khabarhub

भारतीय राजदूतद्वारा नेपाली कूटनीतिज्ञसँग अन्तरक्रिया


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गएको टोलीसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् । भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा ण्एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।

भ्रमणमा नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरु थिए ।राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् । सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।

भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालयस अर्थ मन्त्रालयस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस शहरी विकास मन्त्रालयस कृषि तथा पशुपन्छी विकास मन्त्रालयस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस तथा रेल विभागका प्रतिनिधि थिए।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ०१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको