अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै « Khabarhub

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।

भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

उनका अनुसार पालिकाले लज निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना तयार गरिरहेको पुनले जानकारी दिए ।

पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

‘अन्नपूर्णको आधार शिविरको प्रवर्द्धनका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको छ’, उनले भने, ‘गुरुयोजनामा प्राथमिकता दिइएका क्षेत्रलाई योजनाबद्ध तरिकाले अघि बढाउने छौँ । यस वर्ष आधार शिविर र भुसकेट मेलामा दुई वटा लज बनाउने तयारी छ ।’

पालिकाले उक्त आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन गर्न अभियान चलाउने जनाएको छ । यहाँ लज निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

उनका अनुसार अहिले आधार शिविर जाने पर्यटकले हुमखोलादेखि माथि आफैँ खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरीस हर्जोगले गरेकाले नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङ गाउँदेखि आधार शिविर पुग्ने यस पदमार्ग मनोरम दृश्य र प्राकृतिक छटाले भरिपूर्ण छ ।

गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्राम स्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष पुनले जानकारी दिए।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एक दिनमा पुग्न सकिन्छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ४२ बजे

जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

काठमाडौं – जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान

सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो

काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक