काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया