स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पो’ « Khabarhub

स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पो’


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भेरीगंगा– कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुने भएको छ ।

महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा पाँच सय छुट हुने जानकारी दिए। 

पर्यटन प्रवर्द्धन गर्न कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था गरिएको उनले जानकारी दिए। उनले भने, ‘भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहने व्यक्तिलाई आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको छ, यसले हाम्रो कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।’

त्यसैगरी महोत्सवको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दा भित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीयस्थलको हातले बनाएको तस्बिर राखिने जनाइएको छ । महोत्सवमा खानाका विविध परिकार पनि पस्किने गरी स्वच्छ, सफा होटल, कृषि र घरेलु उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने जनाइएको छ ।

विद्यालयस्तरीय मौलिक नाच, लोकदोहोरीसँगै कर्णालीका देउडा, टप्पा, सिङ्गारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृतिका प्रतियोगिता पनि आयोजना गरिने महासचिव भण्डारीले बताए । जुम्ला, हुम्लामा गाइने देउडा, सल्ल्यान, रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ र थारू समुदायका कला प्रदर्शन गरिनेछ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : १८ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन