वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै « Khabarhub

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । 

जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ । सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि ११ बजेसम्मका लागि खुला गरिएको र अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।

मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । परिस्थिति र आवश्यकताका आधारमा  निषेधाज्ञालाई खुकुलो बनाउने उनले जानकारी दिए। वीरगञ्जको अहिलेसम्मको अवस्था समान्य छ ।

रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुईपक्षबीच भएको झडपको विरोधमा हिन्दु समाजले गत सोमबार वीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा दुईपक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साँझदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : २३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको