पक्की भवनमा सर्ने तरखरमा गौरीशंकर गाउँपालिका  « Khabarhub

पक्की भवनमा सर्ने तरखरमा गौरीशंकर गाउँपालिका 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिका नवनिर्मित आफ्नै पक्की भवनबाट सेवा दिने तयारीमा लागेको छ ।

विगत ६ वर्ष देखि अस्थायी संरचना निर्माण गरी प्रशासनिक सेवा प्रवाह गर्दै आएको पालिकाले आगामी आर्थिक वर्ष अघि नै पक्की भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए ।

चालु वर्षको माघमै नवनिर्मित सुविधा सम्पन्न पक्की भवनमा सर्ने योजना बनाएको गाउँपालिकाले केन्द्र सरकारले सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा भवनको फिनिसिङको काम बीचमै रोकिएकाले कार्यालय सार्न नसकेको अध्यक्ष कार्कीले बताएका हुन् ।

तीन चरणमा ठेक्का लगाएर निर्माण सुरु गरिएको भवनको काम करिब सम्पन्न भए पनी अन्तिम पटक लगाइएको ठेक्काको रकम भुक्तानी ढिलाइ हुँदा रंगरोगन, बिजुली लाइन विस्तार, फर्निचर, ट्वाइलेट लगायतको फिनिसीङको काम नसकिएकाले आउँदो जेठ भित्र बाँकी काम सकेर गाउँपालिकाको सम्पूर्ण सेवा नवनिर्मित साढे दुई तलाको पक्की आरसिसी भवनबाट दिने गरी केन्द्र सरकारबाट बजेट भुक्तानीको लागि पहल भइरहेको छ ।

गाउँपालिकाले साढे दुई तलाको भवन निर्माण गर्न प्याकेज/प्याकेजमा तीन चरणमा गरी दुई करोड ५८ लाखमा ठेक्का लगाएको गौरीशंकर गाउँपालिका इन्जिनियर सुवोध चापागाईँले बताए ।

पालिकाको ३० प्रतिशत तथा संघीय सरकारको ७० प्रतिशत लागतमा निर्मित उक्त भवन बैठक हलसहित १० वटा कोठा निर्माण गरिएको छ ।
यता तेस्रो प्याकेजको काम गरिरहेको निर्माण कम्पनी सुपरदेउराली कन्स्ट्रक्सनले पनि आर्थिक अभावकै कारण दुई महिनामा सकिने काम ५ महिना बितिसक्दा पनि सम्पन्न गर्न नसकेको निर्माण व्यवसायी भागवत खड्काले बताए ।

पालिकाले सम्झौता अनुसारको रकम चाडै भुक्तानी दिए वैशाख भित्र बाकी काम सकेर पालिकालाई भवन हस्तान्तरण गरिने खड्काले बताए ।

पटक पटक ताकेता गर्दा समेत सरकारले निर्माण सम्पन्न कार्यको रनिङ विल समेत भुक्तानी दिन नसकेको व्यवसायी खड्काले बताए । तेस्रो प्याकेजको ८० लाख मध्ये अझै करिब ४०/४५ लाख रकम भुक्तानी दिन बाFकि रहेकोले आर्थिक अभावका कारण फिनिसिङको काम रोकिएको हो ।

सुबास बस्नेत

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : २४ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने