पक्की भवनमा सर्ने तरखरमा गौरीशंकर गाउँपालिका  « Khabarhub

पक्की भवनमा सर्ने तरखरमा गौरीशंकर गाउँपालिका 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिका नवनिर्मित आफ्नै पक्की भवनबाट सेवा दिने तयारीमा लागेको छ ।

विगत ६ वर्ष देखि अस्थायी संरचना निर्माण गरी प्रशासनिक सेवा प्रवाह गर्दै आएको पालिकाले आगामी आर्थिक वर्ष अघि नै पक्की भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए ।

चालु वर्षको माघमै नवनिर्मित सुविधा सम्पन्न पक्की भवनमा सर्ने योजना बनाएको गाउँपालिकाले केन्द्र सरकारले सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा भवनको फिनिसिङको काम बीचमै रोकिएकाले कार्यालय सार्न नसकेको अध्यक्ष कार्कीले बताएका हुन् ।

तीन चरणमा ठेक्का लगाएर निर्माण सुरु गरिएको भवनको काम करिब सम्पन्न भए पनी अन्तिम पटक लगाइएको ठेक्काको रकम भुक्तानी ढिलाइ हुँदा रंगरोगन, बिजुली लाइन विस्तार, फर्निचर, ट्वाइलेट लगायतको फिनिसीङको काम नसकिएकाले आउँदो जेठ भित्र बाँकी काम सकेर गाउँपालिकाको सम्पूर्ण सेवा नवनिर्मित साढे दुई तलाको पक्की आरसिसी भवनबाट दिने गरी केन्द्र सरकारबाट बजेट भुक्तानीको लागि पहल भइरहेको छ ।

गाउँपालिकाले साढे दुई तलाको भवन निर्माण गर्न प्याकेज/प्याकेजमा तीन चरणमा गरी दुई करोड ५८ लाखमा ठेक्का लगाएको गौरीशंकर गाउँपालिका इन्जिनियर सुवोध चापागाईँले बताए ।

पालिकाको ३० प्रतिशत तथा संघीय सरकारको ७० प्रतिशत लागतमा निर्मित उक्त भवन बैठक हलसहित १० वटा कोठा निर्माण गरिएको छ ।
यता तेस्रो प्याकेजको काम गरिरहेको निर्माण कम्पनी सुपरदेउराली कन्स्ट्रक्सनले पनि आर्थिक अभावकै कारण दुई महिनामा सकिने काम ५ महिना बितिसक्दा पनि सम्पन्न गर्न नसकेको निर्माण व्यवसायी भागवत खड्काले बताए ।

पालिकाले सम्झौता अनुसारको रकम चाडै भुक्तानी दिए वैशाख भित्र बाकी काम सकेर पालिकालाई भवन हस्तान्तरण गरिने खड्काले बताए ।

पटक पटक ताकेता गर्दा समेत सरकारले निर्माण सम्पन्न कार्यको रनिङ विल समेत भुक्तानी दिन नसकेको व्यवसायी खड्काले बताए । तेस्रो प्याकेजको ८० लाख मध्ये अझै करिब ४०/४५ लाख रकम भुक्तानी दिन बाFकि रहेकोले आर्थिक अभावका कारण फिनिसिङको काम रोकिएको हो ।

सुबास बस्नेत

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : २४ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष