रङ्गेलीको टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार अनुपस्थित « Khabarhub

रङ्गेलीको टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार अनुपस्थित


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चलचित्र रङ्गेलीको टेलर सार्वजनिक भएको छ ।  निर्माण पक्षले बुधबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी टेलर सार्वजनिक गरेको हो । 

टेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार नायक दयाहाङ राई र नायिका मिरुना मगर अनुपस्थित थिए । उनीहरु अर्को फिल्मको छायांकनमा व्यस्त भएकाले अनुपस्थित भएको निर्माण पक्षले जानकारी दिएको छ ।

तराई क्षेत्रमा हुने अपराधमा आधारित कथामा फिल्म बनेको टेलरबाट बुझ्न सकिन्छ । टेलरमा मुख्य कलाकार  दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडालगायतका कलाकारलाई स्थान दिइएको छ । 

कार्यक्रममा लेखक तथा निर्देशक अर्जुन सुबेदीले फिल्मको नाम ‘रङ्गेली ग्याङस्टार’ राख्ने तयारी भए पनि स्थानीयको आग्रहमा रङ्गेली मात्रै राखेको जानकारी दिए । 

त्यस्तै, फिल्म निर्माणका क्रममा विभिन्न समस्याहरूसँग जुध्नु परे पनि राम्रो बनेको नायक प्रवीण खतिवडाले दाबी गरे । उनले भने, ‘बनाउने क्रममा जटिलताको धेरै आयो । तर फिल्म सुन्दर बनेको छ । हलमै पुगेर हेर्न आग्रह गर्छु ।’

महाशिवरात्रि अर्थात फागुन २५ गतेबाट फिल्म प्रदर्शन हुँदै छ । फिल्ममा दयाहाङ, अर्पण थापा, मिरुना, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय छ।

फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन्। 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ०५ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई