महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ ः शेखर कोइराला  « Khabarhub

महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ ः शेखर कोइराला 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महासमिति बैठक पछि पार्टीमा देखिएको गुट उपगुट अन्त्य भएर जाने कुरामा विश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् । 

ललितपुरको गोलाबारीमा जारी महासमिति बैठकमा खबरहबसँग कुराकानीमा उनले १५ औँ महाधिवेशनमा कांग्रेसले नयाँ मुहार फेर्ने समेत बताए । 

उनले भने, ‘हामी यो महासमिति बैठक नीति महाधिवेशनबाट कांग्रेस पार्टीलाई नयाँ धारमा लिएर जान्छौँ । सबै साथीहरूबाट आएको सुझाव पनि यसमा समेटिन्छ । अहिले  ग्रुपमा छलफलमा साथीहरूले उठाएका कुरा सम्बोधन हुन्छ ।’ 

कोइरालाले कांग्रेस विचारको राजनीतिमा स्वतन्त्र भएकाले सबै सदस्यको भावनाको कदर पनि गर्ने बताए । कांग्रेसले तल्लो तहका जनताको कुरा बुझ्दा बुझ्दै पनि केही समस्याका कारण सम्बोधन नभएको दाबी गरे ।  

७ गतबाट ललितपुरको गोलाबारीमा जारी महासमिति बैठक १० गते बुधवार सकिने भनिएको भए पनि ११ गतेसम्म लाग्न सक्ने बताइएको छ । सोमबार र मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । 

बुधवार ४ वटा ग्रुपमा प्रस्तुत भएका प्रतिवेदनको डिस्कसन चलिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ५१ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४